|

गुल्मी : गुल्मी जिल्लालाई २०७२ साल असार २६ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरे।

जिल्ला खुला दिसामुक्त भएपनि तम्घासका मुख्य सडकमै खुला रुपमा शौच गर्ने गरेको पाइएको छ। सदरमुकाम तम्घासको मुख्य स्थानमै सार्वजनिक शौचालय नहुनु र भएको शौचालय पनि प्रयोगमा नआउनु दुःखद भएको बताउँछन् नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे।

तत्कालिन जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्माण भएको शहीद चोकको शौचालय करिब ५ वर्षदेखि प्रयोगमा छैन। सो शौचालय प्रयोगमा नहुँदा तम्घासको मुख्य स्थान बाल मन्दिर अगाडी दुई दिउँसै शौच गरेको पाइएको छ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला अदालत नजिकै रहेको स्थानको मुख्य सडकमै यसरी शौच गर्नु लज्जास्पद भएको स्थानीयहरूले बताएका छन्। 

यता, रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सो सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउने दाबी गरे। बसपार्क, अर्घाखाँची जीप पार्क र भगवती मन्दिरमा रहेको सार्वजनिक शौचालयहरू प्रयोगमा आइरहेका छन्।

उनले जिल्ला प्रशासनको आसपासमा रहेको शहीदचोकको शौचालयलाई प्रयोगमा ल्याउने र अन्य सार्वजनिक शौचालय निर्माण गर्नका लागि जग्गा नभएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.