|

काठमाडौं : पूर्व युवराज युवराज पारस शाहको छातीमा समस्या देखिएको छ। चितवनको नारायणगढस्थित सेन्ट्रल पाम होटलमा बसेका शाहको छातीमा बुधबार साँझ अचानक समस्या देखिएको हो।

शाह बिरामी परेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले उपचार थालेको छ। होटलमा नै उनको इसिजी र रगत परीक्षण गरिएको छ।

परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे एकिन हुने डा. रेग्मीले जानकारी दिएका छन्।

शाहलाई यसअघि हृदयघात भएको थियो। सोही समस्या दोहोरिएको हुनसक्ने चिकित्सकहरूले अनुमान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.