|

नयाँ दिल्ली : कोरोना संक्रमणको गति कम गर्न देशको राजधानी दिल्लीमा राती कर्फ्यु लागू हुन सक्ने भएको छ। दिल्ली हाई कोर्टमा आम आदमी पार्टी (आप) सरकारले कोरोना संक्रमण कम गर्न रातीमा कर्फ्यु लाग्न सक्ने विषयमा छलफल भए पनि  पार्टीले यसबारे निर्णय भइनसकेको जनाएको छ। 

दिल्ली उच्च अदालतले अरु राज्यहरूले जस्तै केजरीवाल सरकारले रातको कर्फ्यु लगाउने बारे छलफल गरेको थियो।

यसमा, दिल्ली सरकारले अहिलेसम्म कुनै पनि किसिमको कर्फ्यु लगाउने निर्णयमा नपुगेको बताएको छ। रातको कर्फ्युमा विचार भइ रहेपनि  कोरोनाको पछिल्लो अवस्थालाई हेरेर अन्तिम निर्णय लिने दिल्ली सरकारको योजना रहेको छ।

दिल्लीमा लगातार कोरोना संक्रमणको दर बढ्दै गएको छ। मंगलबार मात्र १ सय ९ जनाको मृत्यु भएको थियो। ५ दिन लगातार एक सय भन्दा बढीका दरले कोरोनाको कारण मृत्यु भएको थियो। कोरोना संकट बढ्दै गएपछि दिल्लीमा कर्फ्यु लगाउने बारे छलफल भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.