|

काठमाडौं : असाप इन्टरटेनमेन्टले हेरिटेज अफ फेसन नेपाल सिजन २ आयोजना गर्ने भएको छ।

मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक आमा र तीन जन्तुका निर्माता सन्तोष अधिकारी हुन्। उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागिता रहनेछ।

कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। गत वर्षबाट सुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो।

यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ। पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धीरज राई, गायिका प्राप्ति तुलाचनको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.