|

काठमाडाैं : भारतका विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। 

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा सक्रिय छन्। यस क्रममा उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी  हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटेका छन्।

आजै श्रींगलाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.