|

कञ्चनपुर : महेन्द्रनगर बजारको भानु पार्टी प्यालेस नजिकै २५ वर्षीय युवकको शव फेला परेको छ।

बेदकोट नगरपालिका–४ बगुनका कमल दमाईको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

‘मृतकको घाँटीमा टेलीफोनको जस्तो तार बेरिएको अवस्थमा शव फेला परेको छ,’ उनले भने, ‘घटना स्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धानको कार्य भैरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.