|

काठमाडौं : कोभिड संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन सम्बन्धित अस्पताललाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता नपाएको भन्ने स्वास्थ्यकर्मीहरुको गुनासो विभिन्न सञ्चार माध्यममा आएको भन्दै मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी कर्मचारीहरुलाई यथाशिघ्र भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।

‘भुक्तनी भएको सोही रकम भित्रै स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता समेत समावेश गरी पठाइएकोले कोभिड–१९ का क्रममा खटिएर निर्देशिका अनुसार भुक्तानी गर्ने नगराउने कोभिड–१९ अस्पतालहरु सबैलाई निर्देशिका बमोजिम सबै कर्मचारीहरुलाई यथाशिघ्र जोखिम भत्ता उपलब्ध गर्न, गराउन निर्देशन गरिन्छ।’ सूचनामा भनिएको छ। 

कोभिड– १९ अस्पतालहरुलाई ‘कोरोना भाइरस कोभिड–१९) को  संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश  २०७७ बमोजिम संक्रमितहरुको प्रति विरामी दिनका हिसाबले असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार जोखिम भत्ता निकासा भैसकेको मन्त्रालयले सूचनाबाट जानकारी दिएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.