|

काठमाडौं : उपत्यकामा शुक्रबार थप ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६० जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ३ सय ७९ र पुरुष ४ सय ४३ छन्।

काठमाडौं जिल्लामा ७ हजार ८ सय ६७ सक्रिय संक्रमित छन्। ३ सय ४२ संक्रमितको मृत्यु, ७८ हजार १ सय ६२ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८६ हजार ३ सय ७१ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय ८ छन्। ७ हजार  ९२ कोरोना संक्रमणबाट मुक्त , ८९ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ७ सय ८९ छन्।

त्यसैगरी, ललितपुरमा १ हजार ५ सय ४६ सक्रिय संक्रमित छन्। ११ हजार ३ सय १५ कोरोना संक्रमणबाट मुक्त, १ सय ३ संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ९ सय ६४ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.