|

सुर्खेत : कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्। 

कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेको कर्णाली योजना आयोगको उपाध्यक्ष पदमा ख्डकालाई नियुक्त गरेको प्रदेश सरकारका प्रवत्ता तथा भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रीले जानकारी दिइन्। आयोगका निर्वतमान उपाध्यक्ष पून्य रेग्मी कृषि विज्ञान प्रतिष्ठानमा उपकुलपति भएर गएसँगै उक्त पद रिक्त भएको थियो। खड्का दैलेखको नारायण नगरपालिका निवासी हुन्।

यसैगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा पनि सुर्खेतका झकबहादुर मल्ललाई नियुक्त गरिएको छ।  मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा मल्ललाई नियुक्त गरिएको हो। वीरेन्द्रनगर–१० का मल्ल नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सहइन्चार्ज पनि हुन्। उनी २०५८ माघ २ गते संकटकालमा भएको सुर्खेतको जेलब्रेकका कमाण्डर पनि हुन्।

यस्तै, प्रदेश सरकारले सल्यानको कुमाख गाँउपालिका र दैलेखको भगवती माई गाउँपालिकाका वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ। कर्णाली प्रदेश सुरक्षा मापदण्ड २०७७ र प्रदेश सुरक्षा रणनीति २०७७ लाई कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदले स्वीकृत गरेको छ। यसैगरी कर्णाली प्रदेशको पर्यटन गुरुयोजना लाई समेत बैठकले स्वीकृत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.