|

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटीले लयमा फर्किएको छनक दिएको छ। शनिबार राति भएको खेलमा सिटीले लयमा फर्किएको छनक दिँदै बर्नलीलाई ५-० को फराकिलो अन्तरले हराएको छ।

घरेलु एत्तिहाद मैदानमा भएको खेलमा सिटीको रवाफिलो जितका क्रममा रियाद महरेजले ह्याट्रिक गरे। त्यसैगरी डिफेन्डर बेन्जामिन मेन्डी र मिडफिल्डर फेरान टोरेसले पनि व्यक्तिगत एक एक गोल गरे।

बर्नलीविरुद्ध एकतर्फी जित निकालेको सिटीका लागि खेलको छैटौं मिनेटमा महरेजले गोल गर्दै अग्रता दिलाउन सफल भए। त्यसपछि खेलको २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० ले अगाडि बढाए।

त्यसपछि खेलको ४१ औं मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए। डिफेन्डर मेन्डीले सिटीमा आएदेखि पहिलो पटक गोल गरेका हुन्।

दोस्रो हाफमा पनि सिटीले आक्रमक खेल्यो। उसका लागि खेलको ६६ औं मिनेटमा स्पेनिस मिडफिल्डर फेरान टोरेसले गोल गर्दै ४-० को अग्रतामा बनाए।

सिटी त्यतिमै रोकिने मुडमा थिए। उसले खेलको ६९ औं अर्को गोल गर्यो। सिटीका लागि महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। 

यो फराकिलो र एकपक्षीय नतिजासँगै महरेज सिटीका लागि प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अफ्रिकन खेलाडी भएका छन्। यसअघि याया टोरेले सन् २०१४ मा सिटीका लागि ह्याट्रिक गरेका थिए।

यो जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ। सिटीले ९ खेलमा १५ अंक जोड्न सफल भएको छ। पराजित बर्नली ५ अंक जोडेर १७ औं स्थान अर्थात रेलिगेसन जोन नजिकै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.