|
फाइल फोटो ।

दाङ : लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले सवारी दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग कुराकानी’ अभियान शुरू गरेको छ। मंसिर १४ देखि ३० गतेसम्म ट्राफिक प्रहरीले यो अभियान चलाउनेछ।

प्रदेशका पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पूर्वका ग्रामिण क्षेत्रमा सवारी दुर्घटना भइरहेकाले न्यूनिकरण गर्न अभियान थाल्न लागेको प्रहरीले जानकारी दिएको छ।

अभियानमा चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पीड, मापसे चेकिङ प्रभावकारी गर्ने जस्ता कार्य गरिने कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए। दुर्घटनाको कारण र नियन्त्रणका उपायमा चालकको महत्वपुर्ण भूमिका रहने भएकाले सडक दुर्घटना न्यूनिकरण गर्न पहाडी जिल्लाहरूमा यो अभियान शुरु गरेको उनले बताए।

अभियानमा प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयहरूले सवारी चालकहरूसँग भेटघाट, समस्या र दुर्घटना न्यूनिकरणमा चालकको भूमिकाबारे जानकारी गराइने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.