|

काठमाडौं : इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गरेका छन्।

इथियोपियाको सेना टिग्रेसम्म प्रवेश गरी आफ्नो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीकोे भनाइ रहेको बीबीसीले जनाएको छ। विगत तीन हप्तादेखिको संघर्ष अन्त्य गर्न सरकारले विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो। 

विद्रोही र सरकारी सेनाबीच जारी संघर्षमा सयौंको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।  सरकार र विद्रोहीका सैन्य गतिविधिले अझै बढी नागरिक पलायन हुने भन्दै विभिन्न दातृ निकायहरुले वार्ताबाट समस्या समाधानको पहल गर्न आग्रहसमेत गरेका छन्। विद्रोही समूहले भने सरकारी कारबाहीको प्रतिकार गर्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.