|

काठमाडौं : नेपालमा देखिएको कोरोना भाइरस भारत र साउदी अरबमा देखिएको भाइरसको जिनसँग मिल्न सक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताएका छन्।

थाहाखबरसँग कुरा गर्दै उनले भने, 'नेपालमा देखिएको कोभिड संक्रमितको भाइरस एसियाली मुलुकमा देखिएका भाइरससँग मिल्दोजुल्दो छ। हामीले गरेको अनुसन्धानमा चीनमा देखिएको भाइरससँग मिलेको छैन।'

सुरुमा देखिएको भाइरस वुहानसँग मिल्दो भए पनि पछिल्लो समय देखिएको लक्षण भने त्यस्तो नरहेको उनले बताए।

एसियन राष्ट्रमा देखिएको भाइरसमध्ये नेपालमा देखिएको कोभिड भने कडा नरहेको उनले जानकारी दिए। भाइरसले आफ्नो स्वरुप र जिन परिवर्तन गर्ने भएकोले यसको अध्ययन भइरहेको पनि उनले बताए। 

अर्को हप्तासम्म यसबारे पूर्ण रुपमा सार्वजनिक गरिने उनले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.