|

काठमाडौं : एक दिने नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार सरकारी निवास बालुवाटारमा भेटेका छन्।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका ओली र फेङ्हेबीच शिष्टचार भेटवार्ता भएको जानकारी प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

आइतवार बिहान त्रिभुवन विमानस्थलमा उत्रिएका फेङ्हेले जंगी अड्डाको पनि भ्रमण गरेका थिए। त्यहाँ उनलाई गार्ड अफ अनर दिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए।

रक्षामन्त्री फेङ्हेलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वाग गरेका थिए। फेङ्हेले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.