|

काठमाडाैं : नेपालले कतार सरकारबाट उपहारमा आउने मर्सिडिज बेन्ज इ १८० मोडलका कारहरु स्वीकार गरेको छ। ती कार परराष्ट्र मन्त्रालयबाट प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति दिइने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। 

साथै मन्त्रिपरिषद् निर्णयले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण अन्तरगत स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता पनि स्वीकार गरेका छन्। सो रकम प्रदेश नम्बर १ का लागि खर्च गरिने छ। 

गैरकानुनी रुपमा नेपाल बसोबास गरिरहेका मौरिसस नागरिक राहुल पञ्चुले बुझाउनुपर्ने विलम्ब शुल्क बराबर ६ हजार १६० अमेरिकी डलर र जरिवानाबापत २५ हजार रुपैयाँ मिनाहा दिने र देश निकाला गर्ने निर्णय पनि सरकारले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.