काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर १४ देखि बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखा ११४ वटा पुगेको छ।
ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले कोहलपुरमा बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ। सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।