|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ भने आर्सनल पराजित भएको छ। 

लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनल उलभरह्याम्पटनसँग २–१ ले पराजित भएको हो। पछिल्ला पाँच खेलमा आर्सनलको यो तेस्रो हार हो। यो बीच आर्सनलले एकमा मात्रै जित निकालेको छ। प्रतियोगितामा खेलेका १० खेलमा उसले चारमा मात्रै जित निकालेको छ।  १० खेलबाट १३ अंक जोडेको आर्सनल अंक तालिकाका १४ औं स्थानमा रहेको छ भने, उलभरह्याम्पटन समान खेलबाट १७ अंक जोड्दै छैठौं स्थानमा रहेको छ। 

आइतबार राति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइडेटले साउथएम्पटनलाई ३–२ ले पराजित गरेको छ। इडिनसन काभानीले अतिरिक्त समयमा गरेको गोलमा युनाइटेड महत्वपूर्ण जित निकाल्न सफल भयो।

पहिलो हाफमै दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले सानदार जित निकालेको हो। ​ साउथएम्पटनका लागि २३ औं मिनेटमा जन बेडनारेकले र ३३ औं मिनेटमा जेम्स वार्ड प्रोजले गोल गरेका थिए। पहिलो हाफमा २–० ले पछि परेपछि दोस्रो हाफमा आक्रामक बनेको युनाइटेडका लागि ६० औं मिनेटमा ब्रुनो फर्नान्डेस र इडिनसन काभानीले ७४ औं र ९२ औं मिनेटमा गोल गरे।  जितसँगै युनाइटेड आठौं स्थानमा उक्लिएको छ भने साउथएम्पटन पाँचौं स्थानमा रहेको छ। 

प्रतियोगितामा चेल्सी र टोटनहम हट्सपरले भने गोलरहित बराबरी खेले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.