|

काठमाडौं : भारतीय जनता पार्टीकी नेतृ तथा राजस्थानकी विधायक किरण महेश्वरीको कोरोना संक्रमणबाट निधन भएको छ। 

कोरोना संक्रमण  भएपछि उनलाई २१ दिन अघिदेखि मेदान्त अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। महेश्वरी दोस्रो सांसद हुन् जसको कोरोना संक्रमणका कारण निधन भएको हो। 

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन्। यसै गरी लोकसभा अध्यक्ष ओम बिडलाले पनि किरणको निधनमा दुःख व्यक्त गरेका छन्। 

यस अघि कांग्रेस बिधायक कैलास त्रिवेदीको पनि कोरोना संक्रमणबाट निधन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.