|

काठमाडौं : अछामको मंगलसेनबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। 

अछामको चौरपाटी गाउँपलिका  वडा नम्बर ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस आज बिहान दुर्घटना हुँदा साँफेबगर नगरपालिका–३ का १९ वर्षीय निरज कुँवरको निधन भएको  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनामा अन्य १८ जना घाइते भएका छन्। 

घाइतेहरुको अछामकै बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.