|

काठमाडौं : नेपाली बजारमा  सुनचाँदीको भाउ लगातार घटेको छ। 

आज तेजावी सुनको तोलामा  ७ सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आइतबार सुन र चाँदीको भाउ ६ सय रुपैयाले घटेको थियो भने चाँदी १५ रुपैयाँले घटेको थियो।

महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ।  त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ। 

आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.