|

काठमाडौं : भारतीय कमेडी शो 'द कपिल शर्मा शो' ले विश्वभर दर्शक कमाएको छ।  भारतको नम्बर एक कमेडियन शोले दर्शकलाई मनोरञ्जन दिन्छन्। यो टिमलाई कमेडीको सक्षम टीम मानिन्छ।

तर, बढ्दो लोकप्रियतासँगै यो कार्यक्रम विस्तारै धरासायी बन्दै गएको छ। कलाकारहरु टुक्रिँदै गएपछि शो धरासायी बनेको हो। ड्रग्स प्रकरणमा पक्राउ परेपछि  कार्यक्रमकी महत्वपूर्ण हिस्सा रहेकी कमेडियन भारती सिंहलाई कपिल शर्मा शोबाट हटाइएको भारतिय संचारमाध्यमले जनाएका छन्।  शो बाट हट्ने क्रम यो पहिलो पटक भने होइन्। यसअघि पनि धेरै कलाकारले शो छोडेका छन्।

निर्माताहरू कुनै आरोपमा  फसेका कलाकारलाई कार्यक्रममा राखेर विवादमा पर्न चाहेनन्। किनभने यो शो फ्यामली शोका रुपका प्रस्तुत गरिने गरिएको छ। यसमा भारतीलाई शोमा राख्नु  उचित नभएको भन्दै हटाइएको हो।

यसअघि पनि शोबाट सुनील ग्रोभर टाढिएका थिए। सुनील कपिलको शोको सबैभन्दा महत्त्वपूर्ण अंश थिए। डाक्टर गुलाठीदेखि गुथ्थीसम्म उनको चरित्रलाई दर्शकले मन पराएका थिए।  तर, उनीहरूमा दुरी बढ्यो। एक कार्यक्रमका लागि अष्ट्रेलिया जाँदा उनीहरूको झगडा भएको बताइएको थियो।  हवाइजहाजमा कपिल र सुनीलको  झगडा भएको जनाइएको थियो। त्यसपश्चात सुनिलले शो छोडे।​

कमेडी नाइट्समा फुपु भूमिका खेल्ने उपासना सिंहले पनि कपिल शर्मा शोबाट आफूलाई अलग राखिन्। जब सुनील ग्रोभरले कार्यक्रम छोडे, उपासना पनि शोबाट बिदा भइन्। एक अन्तर्वार्तामा उनले उनलाई कपिलसँग व्यक्तिगत रूपमा कुनै समस्या नभएको बताएकी थिइन्।​

साेही समयमा, अली असगर पनि कपिलको शोमा धेरै लोकप्रिय थिए। हजुरआमाको भूमिकामा उनी लोकप्रिय थिए।  अलीले पनि  कपिलको शो छाडेका थिए। उनले आफ्नो चरित्रबाट खुशी नभएको बताएका थिए।

यस्तै, नवजोत सिंह सिद्धुले पनि शो छोडे। शो को स्थापनाकालदेखि नै उनी कार्यक्रममा थिए। तर, उनले पुलवामा आक्रमण पछि ट्वीट गरेका थिए। उक्त ट्विट विवादमा आएको थियो।

उनको ट्वीटका कारण कपिलको शो मा धक्का लागेको थियो। यही कुरालाई ध्यानमा राख्दै निर्माताहरूले सिद्धु ठाउँमा अर्चना पुरन सिंहलाई शोको एक हिस्सा बनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.