|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीले कोरोना भाइरस चेकजाँचका लागि लिएको स्वाब संकलनको सम्पूर्ण विवरण अनिवार्यरूपमा सूना व्यवस्थापन इकाई(आइएमयु) नेपालले तयार गरेको सफ्टेवयर(एप) मार्फत राख्न निर्देशन दिएको छ।

स्थानीय तह तथा अस्पतालबाट स्वाब संकलन गर्दा अनिवार्य रुपमा आइएमयु नेपालले तयार गरेको एपमा दर्ता गरेर मात्र कोभिड परीक्षणका लागि पठाउन निर्देशन दिएको हो।

निर्देशनालयले स्वाब संकलन तथा दर्ता, प्राप्ति विवरण र नतिजा अपडेट अनिवार्यरूपमा आइएमयु नेपाल सफ्टवेयर मात्र प्रयोग गर्न सो सिष्टमभन्दा अन्य सिष्टमको तथ्यांकलाई मान्यता नदिइने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुको सल्लाहमा कोभिड १९ को परीक्षणका लागि लिइने स्वाब संकलनको सम्पूर्ण विवरण राख्न सक्ने गरी सूचना व्यवस्थापन इकाई (आइएमयु) नेपालले एप’ तयार गरेको छ।

संकलन गरिएको स्वाबको सम्पूर्ण विवरण दर्ता गर्न मिल्ने, नमुना जाँच हुने प्रयोगशालाले पनि ‘एप’ मार्फतनै सबै विवरण प्राप्त गर्न सक्ने र माथिल्ला निकायसम्म सम्पूर्ण विवरण प्राप्त हुने गरी व्यवस्था गरिएको आइएमयु नेपालका केन्द्रीय संयोजक मुक्ति खनालले बताए।

उनका अनुसार ‘एप’ मोबाइल र कम्प्युटरबाट सजिलै चलाउन सक्ने गरी तयार गरिएको छ। पहिलो पटक नेपालमा सो ‘एप’ को प्रयोग असोज २३ गते सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको केआइ सिंह गाउँपालिकाले प्रयोगमा ल्याएको थियो।

 सञ्चालनमा आएको दुई महिनाको अबधिमै ‘एप’मा कुल कोभिडका १७ प्रतिशत विरामी दर्ता भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङक अधिकृत पुष्कर बिजुक्छेले बताए।

‘कोरोना भाइरसको संका लागेका व्यक्तिहरु, क्वारेन्टाइनमा बसि रहेका व्यक्तिहरु र कन्ट्राक्ट ट्रेसिङमा परेका व्यक्तिहरु जसको स्वाव संकलन गर्ने काम स्थनिय तहले गरिरहेको छ।

 ती सबै व्यक्तिहरुको विवरण आइएमयु नेपालको मोवाईल एप्लीकेसनमा दर्ता गर्नु पर्ने हुन्छ’ उनले भने, ‘स्थानिय तहले स्वाव संकलन गर्ने सबै व्यक्तिहरुको रेकर्ड एप्लिकेसनले मागेबमोजिम दर्ता गरी सकेपछि परीक्षण गर्ने ल्यावहरुले नमूना रिसिभमा क्लीक गरे मात्र पुग्ने व्यवस्था गरिएको छ।’

 सजिलैसँग प्रयोग गर्न सकिने गरी तयार गरिएको एपको प्रयोग सुदूरपश्चिम प्रदेशका स्थानीय तहले प्रयोगमा ल्याएका छन।

डोटी, बझाङमा सञ्चालित पिसिआर ल्यावले आइएमयु नेपाल एपको प्रयोग गरिरहेका छन् भने सेती प्रादेशिक अस्पताल धनगढी, बैतडी अस्पताल, डडेल्धुरा अस्पताल र अछामको कमलबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको ल्याबले जनशक्ति अभाव, आवश्यक सामग्रीको अभाव र एपको प्रयोग गर्न जान्ने व्यक्ति नहुदा सञ्चालनमा आउन नसकेको छैन।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुण राज अवस्थीले छिटोभन्दा छिटा त्यस ‘एप’ लाई प्रयोगमा ल्याउनका लागि कार्य अगाडि बढाइएको बताए। मातहतका सबै निकायलाई यस बारे निर्देशन दिई सकिएको उनले बताए।

 ‘स्वास्थ्य निर्देशनालय बाट मङ्सिर १२ गतेनै सुदूरपश्चिम प्रदेश भित्र सेवा दिरहेका सबै कोभिड अस्पताल , कोभिड परीक्षण ल्याब, स्थानीय तह लाइ पत्राचार गरि सकेका छौँ उनले भने, ‘प्रयोगशालाले आइएमयु ‘एप’ प्रयोग गर्न कुनै कठिनाइ भएमा मङ्सिर महिनाभित्र अनसाइट कोचिङ गरेर ‘एप’ प्रयोग गर्न सक्ने गरी व्‍यवस्थापन गर्न लागेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.