|

स्याङ्जा /काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विकास हुने बताएकी छन्। सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले भनिन्, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन। जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ।’

वर्तमान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगतभन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताइन्। विकासको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाइ थियो। ‘सरकार तीव्र विकासको गतिमा हिँडेको छ। यो हामीले मात्र भनेका हौइनौँ यो त अन्तर्राष्ट्रिय मूल्यांकनले नै भनेको छ’, उनले भनिन्। 

आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटि ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताइन्। उनले भनिन्, ‘आज एकैदिन ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ। स्वास्थ्य क्षेत्रमा यति ठूलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ति हो।’  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.