सन् २०१० को तुलनामा ६४ प्रतिशतले घट्यो संक्रमण दर

|

काठमाडाैं : नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ।

विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटाले यो तथ्यांक सार्वजनिक गरेकी हुन्।

तीमध्ये पुरुष १७ हजार ५ सय ८७ र महिला ११ हजार ९ सय १६ छन्। यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआइभीको व्याप्ततादर शून्य दशमलव १३ प्रतिशत रहेको पनि डा देवकोटाले बताइन्।

यस वर्ष पनि मंगलबार (डिसेम्बर १०) मा विश्वभर विश्व एड्स दिवस मनाइँदै छ। यस्तै नेपालमा करिब ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ।

यस्तै एक वा सोभन्दा बढी एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआइभी संक्रमणको दर ५ प्रतिशतभन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर १ प्रतिशतभन्दा कम भएको पनि निर्देशक डा देवकोटाले बताइन्। 

तथ्यांकअनुसार २०७७ साल असार मसान्तसम्ममा नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय जना अर्थात् ६६ प्रतिशत मात्र एआआइभी उपचारमा छन्। सन २०१० को तुलनामा सन २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ।

यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा देवकोटाले बताइन्। यस्तै एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ। 

एचआइभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताइन्। 

यस वर्ष पनि ३३ औं विश्व एड्स दिवस २०७७, भोलि अर्थात् डिसेम्बर १ मा विश्वभर मनाइँदै छ। नेपालमा पनि ‘‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ नारा दिएर विश्व एड्सविरुद्ध दिवस मनाइँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.