|

कञ्चनपुर : नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुई जनालाई पक्राउ गरेको छ। 

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरिएको छ। भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार २ नम्बर गल्लीमा विशेष सूचनाका आधारमा छापा मार्दा नक्कली नोटसहित अनुज शर्मा र उनकी श्रीमती रितिका बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

शरीर खान तलासी गर्दा उनको शरीरबाट एक हजार दरका दुई थान नक्कली नोट बरामद गरिएको उनले बताए। थापाका अनुसार दुवै जना बस्दै आएको डेरामा खान तलासी गर्दा कोठाबाट तयारी अवस्थामा रहेका खोटा नोटहरु एक हजार दरका दुई थान, ल्यापटप एक थान, फोटोकपी मेसिन एक थान, फोटोकपी पेपरहरु, बैंकका चेकबुक, एटिएम कार्ड,  नागरिकता र प्रिन्टर मेसिन, कैचीलगायत सामान बरामद भएका छन्। 

पक्राउ परेका दुवै जनालाई मुद्रा कसुरअन्तर्गत कञ्चनपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यसैबीच भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने वर्ष २४ का दीपक नाथले आफ्नो साथमा खोटा मुद्रा राखी गोबरियास्थित अरुण शाहको पसलमा गई सरसमान किनिरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले खानतलासी गर्दा निजको साथबाट खोटा जस्तो देखिने रु १००० दरका नोट बरामद गरेको छ।

साथै अदालतबाट मुद्रासम्बन्धी कसुर मुद्दामा ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.