|

काठमाडौं : नेपालका फुटबल क्लबहरुले सन् २०२१ मा हुने एशियन फुटबल महासंघ (एएफसी) को कुनै पनि खेल खेल्न नपाउने भएका छन्।

सन् २०२१ का लागि नेपालबाट क्लब लाइसेन्सका लागि आवेदन दिएका सबै क्लबको डकुमेन्ट अपुग भएको भन्दै एएफसीले सबैको आवेदन खारेज गरेको हो। 

एएफसीको फर्स्ट इन्स्टेन्स बडीले नेपाली क्लवको डकुमेन्टको आधारमा निर्णय गरेपछि नेपाली क्लबले २०२१ मा कुनै पनि एएफसीका प्रतियोगिता खेल्न नपाउने भएका हुन्।

नेपालबाट १३ वटा एक डिभिजन क्लवले एएफसी लाइसेन्सका लागि आवेदन दिएका थिए। क्लब लाइसेन्सिङका लागि एएफसीले तोकेका मापदन्ड पूरा गर्न नेपाली ‘ए’ डिभिजन क्लबहरू अझै पनि असमर्थ रहेको बताइएको छ।

एएफसीले मुख्य गरी ५ बुँदामा लाइसेन्सको मापदण्ड तोकेको छ। तीन बुँदाभित्र १९ वटा सहायक शीर्षक छन्। लाइसेन्स पाउनका लागि क्लबहरूको स्पोर्टिङ गतिविधि आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.