दुवै प्रतिवेदन तल्लो तहमा लैजाने प्रचण्ड-नेपालको योजना

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वार्थ संघर्षले चर्किएको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादबारे छलफल गर्न सचिवालयको बैठक बालुवाटारमा बसेको छ। 

सचिवालयको बैठकमा कात्तिक २८ गते अध्यक्ष दाहालले बुझाएको प्रतिवेदन र प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालयको बैठकमा फर्काएको प्रतिउत्तरबारे छलफल हुने जानकारी यसअघि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए। 

नेकपामा पछिल्लो समय एकपछि अर्को विवादले पार्टी फुटको सँघारसम्म पुगिसकेको अवस्था छ। तर, शीर्ष नेताबीच विवाद चर्किँदै गए पनि दोस्रो र तेस्रो तहका नेताहरु कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरिरहेका छन्। 

नेकपामा पछिल्लो यसमा राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा र चितवन घटनालगायतका बिषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विमति भइरहेका छन्। 

यही विवादअघि पनि नेकपामा लामो शक्ति संघर्ष चलेको थियो। लामो शक्ति संघर्षलाई भदौ २६ को स्थायी कमिटी बैठकले सहमतिको बिन्दु दिएको थियो। तर, भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णय कार्यान्वयनमा नभएको कारणले पार्टीभित्र पुन विवाद बल्झिएको अध्यक्ष दाहालको ठहर छ। 

स्थायी कमिटीको निर्णय कार्यान्वयन नगरेपछि प्रधानमन्त्री ओली आलोचनाको केन्द्रमा छन्। अध्यक्ष दाहालसहित बहुमत सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ यसपटक प्रधानमन्त्री ओली सच्चिनुपर्ने अडानमा छन्। 

प्रधानमन्त्री ओली सचिवालयमा मात्रै नभएर पार्टीभित्रको विवाद अल्पमतमा छन्। ओलीको पक्षमा सचिवालयको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। 

यद्यपी, पार्टीभित्रको विवादमा गृहमन्त्री बादल अहिलेसम्म कतै खुलेका छैनन्। उनी नखुल्नुलाई नेकपाभित्र अर्थपूर्ण रुपमा लिने गरिन्छ। 

पार्टीभित्रको विवादमा आएका पत्र हरुलाई स्थायी कमिटीको बैठकसम्म लागे अध्यक्ष दाहाल पक्षको योजना छ। तर, प्रधानमन्त्री ओली स्थायी कमिटीमा आफुविरुद्ध मोर्चाबन्दी हुने भयका कारणले सचिवालयमै छलफलबाट समाधानको विकल्प खोज्नुपर्ने पक्षमा छन्। 

विवादका क्रममा प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको बिषयमा प्रवेश गराएका थिए। दोस्रो तहका नेताहरुले ओली प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी र सरकार सञ्चालन गर्न सक्ने दाबी गर्न थालिसकेका छन्। उर्जामन्त्री वर्षमान पुनले सोमबार एक सार्वजनिक कार्यक्रमम नेतृत्व लिन तयार भइरहेको बताइसकेका छन्। 

प्रधानमन्त्री ओलीकै कारणले विवाद बल्झिएको भन्दै अध्यक्ष दाहाल पक्षले प्रधानमन्त्री ओलीको एक पद खोस्ने योजना बुनिरहेका छन्। तर, प्रधानमन्त्री ओली सहमति समाधानका लागि भदौ २६ को निर्णयमा फर्कने पक्षमा देखिएका छन्। 

जोड घटाउको खेल

विवादका क्रममा प्रधानमन्त्री ओली अल्पमतमा परेपछि आफ्नो पक्षमा बहुमत पुर्‍याउने खेल जारी राखिरहेका छन्। शनिबारको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओलीनिकट उपप्रधानमन्त्री पोखरेलले शुक्रबार उपाध्यक्ष गौतमलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरले भैंसेपाटी पुगेका थिए। 

उपप्रधानमन्त्री पोखरेल  भैंसेपाटी पुगेर उपाध्यक्ष गौतमलाई भेट्नु अर्थपूर्ण रुपमा भनिएको थियो। त्यसो त सचिवालयमा अल्पमतमा परिरहेको बेला प्रधानमन्त्री ओलीले पनि उपाध्यक्ष गौतमलाई तान्‍ने प्रयास जारी राखेका छन्। दुवै पक्षसँग नखुलेका गौतमलाई गत साता प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर छलफल गरेका थिए। तर उनी एकताको पक्ष भन्दै त्यही अडानमा छन्।  

यसअघिको विवादको क्रममा पनि अध्यक्ष दाहाल कित्तामा रहेको बेलामा पार्टी एकताको रक्षा गर्न भन्दै प्रधानमन्त्री ओलीलाई सघाउ पुग्नेगरी ६ बुँदे प्रस्ताव ल्याएका थिए। उनको प्रस्तावलाई नै टेकेर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले निर्माण गरेको विवाद समाधान कार्यदलले समाधानको प्रस्ताव तय गरेको थियो।

पार्टीमा समस्या परेका बेला प्रधानमन्त्री ओलीलाई पटक पटक साथ दिएका उपाध्यक्ष गौतमलाई उनकै प्रस्तावमा राष्ट्रियसभाको सदस्य समेत बनाएका थिए। केही साताअघि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर समेत छलफल गरेका थिए।

सचिवालयमा अल्पमतमा परिरहेको बेलामा कित्ता परिर्वतन गर्न सक्ने उपाध्यक्ष गौतम र गृहमन्त्री बादललाई राष्टपति विद्यादेवी भण्डारीले शितलनिवास बोलाएर एकताको पक्षमा उभिन आग्रह गरेकी थिइन्। 

कुटनीतिक भेटवार्ता 

नेकपाभित्रको विवाद चर्किँदै गएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालसँग भेटवार्ता गरेकी थिइन्। नेकपाभित्रको विवादमा राजदूत यान्छीको सक्रियता रहदै आएको छ। 

यस्तै नेकपाभित्रको विवाद चलिरहेको बेलामा आइतबार चिनियाँ रक्षामन्त्री बेइ फेङ्हे नेपाल नेपाल भ्रमणमा आएका थिए। यस्तै, गत बिहिबार दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला आएका थिए।

नेकपाभित्रको विवादले पार्टी फुटको अवस्थामा रहिरहेको बेलामा कुटनीतिक भेटवार्ताले महत्वपूर्ण राख्ने जानकारहरु बताउँछन्। यही विवादका बीचमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमै बोलाएर सत्ता सहकार्यको प्रस्ताव समेत गरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.