|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्। 

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। 'कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको छ', उनले भने, 'वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक छ।'

मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको उनले बताए। 'अब हामीले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिनुपर्छ', उनले थपे।

हिन्दुराष्ट्र र राजसंस्थाको  आवश्यकता दिनप्रतिदिन बढिरहेको उनले बताए। 'जनताले परिवर्तनको चाहना गरेकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउनुपर्छ', उनले भने, 'महाधिवेशनलाई सफलतापूर्वक सम्पन्‍न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्नुस्।

कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर रायमाझी र भाष्कर भद्रा लगायतले पनि आफ्ना भनाइ राखेका राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.