|

गुल्मी : सत्यवती गाउँपालिका–४ लिम्घाका १५ घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ। २०७६ साउन ७ मा गएको पहिरोबाट पीडितलाई सुरक्षित आवास कार्याक्रमअन्तर्गत घर निर्माण गरी पीडितहरुलाई घर हस्तान्तरण गरिएको हो। 

लिम्घाको पहिरोमा परी आठजना र वडा नम्बर ३ ठूलोलुम्पेकमा पहिरोमा पाँचजना मृत्यु भएको थियो। पहिरोले लिम्घाका तीन घरमा पूर्ण क्षति, १२ घर उच्च जोखिममा र जोखिममा ३० घर रहेको गाउँपालिकाले जनाएको छ। तीमध्ये पूर्ण क्षति भएका तीन र उच्च जोखिममा रहेका १२ घर परिवारलाई घर हस्तान्तरण गरिएको हो। जोखिममा रहेका घर परिवारलाई आवास निर्माण गर्ने प्रक्रियामा रहेको वडा नम्ब ४ का अध्यक्ष दानबहादुर रानाले बताए। 

पीडित परिवारका लागि करिब एक करोड लागतमा जग्गा खरिद र आवास निर्माण गरिएको वडाध्यक्ष रानाले जानकारी दिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार पीडित घरपरिवारलाई घर हस्तान्तरण गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.