|

काठमाडौं : नेपाली राइड सेयर बजारमा एटेन्ड कम्पनीको प्रवेश भएको छ। एडेन्ड एप प्रयोग गरी मोटरसाइकल, एम्बुलेन्स, शवबहान, ट्याक्सी, कार, जिप, मालबहाक ट्रक र हेलिकप्टर सेवा लिन सकिने कम्पनीले जनाएको छ। 

यस सेवा नेपालभरि लिन सकिने एटेन्ड प्रालिका निर्देशक भिमकान्त भण्डारीले बताए। ‘यो अहिले नेपालमा चलिरहेको अन्य राइड सेयरभन्दा भिन्न छ,’ उनले भने, ‘हामीले मोटरसाइकल, एम्बुलेन्स, शववहान, ट्याक्सी, कार, जिप, मालबहाक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिन्छौं। साथै, यसमा हेल्थ सर्भिसअन्तर्गत घरमै औषधि पु¥याउने, डाक्टर, नर्स पठाउने र विभिन्न ल्याबसम्बन्धी सम्पूर्ण कामका लागि ल्याब टेक्निसियन घरमै पठाउने छौं।’

यस्तै, कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको छ। जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालकबिनाको गाडी लिन र इन्धनसहित वा आफैंले इन्धन हाल्न पाउने विकल्प समेत राखेको छ। दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिदिने समेत कम्पनीले जनाएको छ।

सेवाको उपयोगपछि यात्रुले नगदसँगै बैंकको एटिएमबाट पनि पैसा तिर्न मिल्ने कम्पनीले बताएको छ। त्यस्तै, राइडरबाट कम्पनीले सेवा उपलब्ध गराए बापत १० प्रतिशत कमिसन लिने, एम्बुलेन्स र शववहानबाट भने कुनै कमिसन नलिने कम्पनीले जनाएको छ। 

यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले आइओएसमा गएर सजिलै आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.