|

काठमाडौं : पाल्पा, स्याङजा र  दाङमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनि १४ गते अस्पताल भर्ना भएका थिए ।

स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसै गरी दाङका थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा बाँकेको कोहोलपुरमा मृत्यु भएको छ।  दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको आज बिहान करिब ५ बजेतिर मृत्यु भएको हो। उनलाई मंसिर ७ गते रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.