|

काठमाडौं :अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीय क्रिकेटमा भारतले जीतका लागि ३ सय ३ रनको लक्ष्य दिएको छ।

अष्ट्रेलियाको क्यानबेरा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३ रन बनायो। सुरुवातीमा अष्ट्रेलियाका बलरसामू केहि निरिह देखिएको भारतले विस्तारै लय समातेको थियो।

 भारतका लागि ब्याट्सम्यान हार्दिक पाण्डेले नटआउट रहँदै सर्वाधिक ९२ रन बनाए भने रवीन्द्र जेडेजा ६६ रनमा अविजित रहे। यी दुईले १ सय ५० रनको साझेदारी गरेका थिए। यस्तै कप्तान विराट कोहलीले ६३ रन बनाउँदा ओपनर शिखर धवन १६ तथा सुवम गिल ३३, श्रेयस ऐर १९ र केएल राहुल मात्र ५ रनमा आउट भए।

 अष्ट्रेलियाका एसटोन अगरले २ विकेट लिए भने जोश हज्लेउड, सिन अबोट र एडम जाम्पाले १-१ विकेट लिए। तीन खेलको सिरिज २-० ले गुमाइसकेको भारत आज सान्त्वना जीतको खोजिमा रहेको छ। यसपछि भारतले पर्सी शुक्रबारदेखि अष्ट्रेलियासँग टी–ट्वान्टी सिरिज खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.