स्थायी कमिटी बैठक पनि २१ गतेलाई सारियो

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर सकिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सचिवालय बैठक केही मिनेट बसेर सकिएको हो। 

एकजना अध्यक्ष ओली बैठकमा नगएपछि कार्यकारी अध्यक्षसहितको सचिवालय बैठकले २० गते फेरि बस्‍ने निर्णय लिएको हो। यससँगै भोलि बस्‍ने भनिएको स्थायी कमिटी बैठक पनि सरेको छ। 

ओली नगएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको हो। आगामी २० गते बस्नेगरी सचिवालय बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। 

यसअघि नेकपाले स्थायी कमिटीको बैठक भोली र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गतेलाई बोलाएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अर्को बैठक २० गते बिहान ११ बजे र स्थायी कमिटी बैठक २१ गते बस्ने बताएका छन्। 

आजको प्रधानमन्त्री एवम् अध्यक्ष ओली सहभागी हुने भनेपछि दिउँसो १ बजेको निर्धारित बैठक २ बजेलाई सारिएको थियो। तर २ बजेपछि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नभएपछि केहीबेर मात्रै बसेर स्थगित भएको हो। 

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की भएको थियो। अध्यक्ष ओली आजको बैठकमा सहभागी नहुने बताइएको थियो। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले एक अर्कालाई आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.