|
फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँमा पक्की पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनले आफू पक्राउ परेको जानकारी सामाजिक सञ्जालबाट दिएका छन्। उनले प्रहरीको नियन्त्रणमै रहेको अवस्थामा सर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द गर्न आग्रह समेत गरेका छन्। 

'भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु', उनले लेखेका छन्, 'सर्वसाधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस।'

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो। तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.