|

काठमाडौं : सामाजिक सञ्जाल टिक-टकमा कानुन विपरीत भिडियोहरू बनाइ अपलोड नगर्न प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आग्रह गरेको छ।

टिकटक,फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा अशोभनीय अमर्यादित दूराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृश्य सामग्री प्रसारण हुने गरेको छ।

फरक क्षमता, महिला ताथ बाल अधिकार लगायतका संवेदनशिल विषयहरुको ख्याल नगरी महिला तथा बालबालिका सम्बन्धी प्रचलनमा रहेका भिडियोहरू सार्वजनिक भएकोले आपत्ति जनाएको हो।

'कतिपय सूचना, निवेदन उपर अनुसन्धान भई प्रचलित कानुन बमोजिम कारबाही भएको र कतिपय सूचना, निवेदनहरू अनुसन्धानको क्रममा रहेको छ,' बुधबार साइबर ब्यूरोले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.