|

काठमाडौं : उपत्यकामा बुधबार थप ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा पाँच सय ३१, भक्तपुरमा ५८ र ललितपुरमा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। 

महिला ३ सय २५ र ३ सय ५८ पुरुष रहेका छन्। काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका ६  हजार ६ सय  ५० सक्रिय संक्रमित छन्। कुल संक्रमित संख्या ८८ हजार ८ सय ३३ जना पुगेको छ। ८१ हजार ७ सय ९५ जना कोरोना संक्रमणमुक्त र  हालसम्म ३ सय ८८ संक्रमितले ज्यान गुमाएका छन्‌।

भक्तपुरमा सक्रिय संक्रमित पाँच सय ७५, कुल संक्रमित ८ हजार ५३  जना रहेकोमा ७ हजार ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्‌। हालसम्म ९३ संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, ललितपुरमा हालसम्म सक्रिय संक्रमित संख्या १४ सय ४ जना पुगेको छन्।  ११ हजार ९ सय ७३ कोरोना संक्रमणबाट मुक्त भएका, एक सय १६ संक्रमितको मृत्यु र कुल संक्रमित १३ हजार ४ सय ९३ संक्रमित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.