|

काठमाडौं : अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ। अघिल्ला दुई खेल अष्ट्रेलियालाई सुम्पिएको भारतले अन्तिम खेलमा भने १३ रनको जित निकाल्न सफल भयो। 

भारतले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८९ रनमा समेटियो। अष्ट्रेलियाका कप्तान आरोन फिन्चले सर्वाधिक ७५ रनको योगदान दिए पनि हार टार्न सकेनन्। 

भारतीय टिमले विदेशी भूमिमा ७ वटा खेल हारेपछि जित निकालेको हो। यसै साल फेब्रुअरीमा न्यूजील्यान्डले आफ्नो घरमा भारतविरुद्धको ३ वानडे र २ टेस्टको सिरिज क्लीन स्वीप गरेको थियो। 

त्यसपछि अस्ट्रेलियाविरुद्धको अहिलेको सिरिजको दुई वानडेमा भारतले हार भोगेको थियो। यसका साथै अस्ट्रेलियाले भारतलाई ३ वानडेको सिरिजमा २-१ ले पराजित गरेको छ।

आजको खेलमा ग्लेन म्याक्सवेल ५९, अलेक्स क्यारी ३८, रन बनाउँदा मार्नुस लेबुसेन र स्टिभ स्मिथ ७/७ रनमा आउट भए। भारतका सार्दुल ठाकुरले ३ विकेट लिए भने जसप्रित बुम्राह र नतार्जन ले २\२ तथा कुलदिप यादव र रविन्द्र जडेजाले १/१ विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्डेले नटआउन ९२ रनको योगदान दिएभने रविन्द्र जडेजा ६६ रनमा अविजित रहे। 

यस्तै विराट कोहलीले ६३ रन जोड्दा सवमन गील ३३ तथा श्रेयस ऐर १९ रनमा आउट भए। यससँगै अष्ट्रेलियाले भारतविरुद्धको एकदिवशीय क्रिकेट क्लिन स्वीप गर्नबाट चुकेको छ। भारतले अब आगामी शुक्रबारदेखि अष्ट्रेलियाविरुद्ध तीन टी-ट्वेन्टी क्रिकेट खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.