|

काठमाडौं  : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो।

उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका-१ तालघरेबाट नियन्त्रणमा लिएको थियो। रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। 

पौडेललाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। पौडेल पुल उद्‍घाटनमा जाँदा सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको थियो। 

यसैबीच वरिष्ठ नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरुले आक्रोश पोखेका छन्। 

सभापति देउवाले बुधबार  विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका हुन्। नेता पौडेल प्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप  लगाएका छन्।  

'सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्‍न हुने परिस्थिति सामनाका लागि तयार बस्‍न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.