|

युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ।

पीएसजीमा रहेका ब्राजिली फूटबलर नेयमारले मात्रै दुई गोल गरे। कप्तान मार्किहन्सले एक गोल थपे। म्यानचेस्टरका लागि मार्कुस रासफोर्डले सान्त्वना गोल गरे। 

घरेलु मैदान ओल्डफोर्डमा भएको खेलमा म्यानचेष्टर १० खेलाडीमा समेटिएको थियो। दोहोरो पहेंलो कार्ड खाँदै ७० औं मिनेटमा मार्कुस रासफोर्ड मैदानबाट बाहिरिएका थिए।

पछिल्लो जितसँगै पीएसजी ९ अंकसहित समूह एचको दोस्रो स्थानमा यथावत छ। समान अंक भएपनि गोलअन्तरका कारण युनाइटेड पीएसजीभन्दा अघि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.