|

रुसमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकै दिन २८ हजार १४५ जना संक्रमित भएका छन्।  

यसअघि अघिल्लो दिन एकै दिन २५ हजार ३ सय ४५ जना सङ्क्रमित भएका विवरण सार्वजनिक गरिएको थियो। रुसमा अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ। 

यसअघि गत नोभेम्बर २७ तारिखमा एकै दिन २७ हजार ५ सय ४३ जना सङ्क्रमित भएका थिए। 'पछिल्लो २४ घण्टामा रुसमा कोरोनाबाट सङ्क्रमित भएकाको सङ्ख्या २८ हजार १४५ थपिएको छ,' सरकारी अधिकारीहरुले भनेका छन्। 

थपिएका सङ्क्रमितमध्ये सात हजार ७ सय ५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएका पनि अधिकारीहरुले जनाएका छन्। यस अवधिमा रुसमा थप ५ सय ५४ जनाको कोरोनाबाट मृत्यु भएको छ। अघिल्लो दिन योभन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो। 

कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाकै कारण ४१ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.