|

काठमाडौं : जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्ध खोप किन्न अर्बौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नुपर्ने बताएका छन्।

आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधिमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जित हासिल गर्न सकिने बताए । आयुर्वेदिक औषधिले कोरोना भाइरसलाई ठिक गर्ने उनको दाबी थियो। 

रोकायाले भने, ‘जडीबुटीमा अनुसन्धान गरी औषधि विकास गरेर कोरानाविरुद्ध जित हासिल गर्न सकिन्छ।' उनले जडीबुटीबाट धेरै रोग ठीक हुने भन्दै देशको ढुकुटीबाट अर्बौं बिदेसिनबाट जोगिने बताए।

कोरोना संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधिमाथि अनुसन्धान गर्नुपर्ने उनको माग छ। 

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने, ‘हामीले तयार पारेको कोरोनानाशक चुर्ण’ आयुर्वेदिक औषधिले कोरोना संक्रमितलाई निको पारेको छ।

अहिलेसम्म सयौं कोरोना संक्रमितलाई यो औषधिले राम्रो गरेको र संक्रमितले यो औषधि सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको आफूहरुसँग रहेको उनले दाबी पनि गरे। 

उनका अनुसार कोरोनानाशक चुर्ण औषधिमा ‘चिराइतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायत समिश्रण छ। ‘यो औषधि धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ’,उनले भने, ‘रोग जस्तोसुकै होस्, उपचार सम्भव छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.