|

भद्रपुर (झापा) : मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती चढेको गाडीलाई रोक्न खोज्दा सामान्य विवाद भएको नेपाल विद्यार्थी संघ झापाले प्रष्टीकरण दिएको छ। 

नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले उपप्रमुख उप्रेती चढेको गाडी विद्यार्थीले रोक्न खोजे पनि जलाउन खोजिएको झुटो आरोप लागेको बताएका छन्।

गत बुधवार तनहुँको पुल उद्घाटन गर्न जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रहरी प्रशासनको प्रयोग गरी केही समय गिरफ्तार गरिएको घटनाको विरोधमा बिहीबार नेविसंघ केन्द्रीय समितिको कार्यक्रमअनुसार देशैभर सरकारी गाडी चल्न नदिने निर्णय गरिएको थियो। केन्द्रको निर्देशन अनुसार झापामा पनि सरकारी गाडीहरूलाई दिउँसो केही समय रोकेको सभापति उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उप्रमुख उप्रेतीले चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत धाइजन नजिकै आफू चढेको मे १ झ १७२ नम्बरको गाडी नेविसंघका कार्यकर्ताले चक्कामा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको सञ्चारकर्मी र प्रहरीलाई बताएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.