|

धनगढी : बझाङको मस्टा गाउँपालिका की १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्। 

पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा भागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बाल सुधार गृहमा राखिएका बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेका हुन्। 

कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बोहरा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। 

गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा बोहरा पक्राउ परेका थिए। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरे पनि उमेर कम भएका कारण बोहरालाई बाल सुधार गृहमा राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.