|

लमजुङ : लमजुङमा पहिलोपटक कोरोना संक्रमणबाट ९७ वर्षीय  वृद्धको भएको छ। बेंसीशहर नगरपालिका–९ का वृद्धको बिहिबार साँझ मृत्यु भएको लमजुङ अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए।

उनलाई १७ गते कोरोना पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा समस्या भएपछि हिजो अस्पताल भर्ना भएका थिए। स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार लमजुङका ५ कोरोना संक्रमितको मृत्यु भएको छ। ९४ जना उपचाररत, ७ सय ८८ संक्रमणमुक्त र कुल संक्रमित ८ सय ८६ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.