|

काठमाडौं : नेपाली आख्यान साहित्यका स्रष्टा रमेश विकलका स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ। रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ।

प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिसअनुसार सम्मानित हुने प्रतिभाको नाम सार्वजनिक गरिएको हो। प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम  सुवेदी छन्।

 समितिको सिफारिसअनुसार विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषा सेवी शान्तदास मानन्धरलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए। यो पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ।

यसैगरी २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ। रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई प्रदान गरिने जनाइएको छ। 

साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने छ। रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ। यी सबै पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ। यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव चालिसेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.