|

काठमाडौं : अछाममा शुक्रबार ७ जना स्वास्थ्यकर्मीसहित ४१ जनामा कोरोना पुष्टि भएको छ।

कमल बजारको प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

उनका अनुसार ७ स्वास्थ्यकर्मी, जनप्रतिनिधि २, नगरपालिका कर्मचारी २३ र अन्य जिल्लाबासीमा कोरोना पुष्टि भएको छ। योसँगै अछाममा कुल संक्रमित संख्या १२ सय ६३, संक्रमणमुक्त ११ सय ५५, सक्रिय संक्रमित १ सय ४ अनि मृतक संख्या ४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.