|

कञ्चनपुर : कञ्चनपुरका तीन नगरपालिकाका विपन्न परिवारको खरको छाना फेरिने भएको छ। शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन्।

शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका आर्थिक रुपमा विपन्न ८६१ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिने भएको हो। कार्यक्रमअन्तर्गत एक घर बरावर ५० हजार रुपैयाँ खर्च गरिने बताइएको छ।

‘आर्थिक रुपले विपन्न परिवार, जसले घरको छाना राख्नका लागि आर्थिक जोहोको व्यवस्था मिलाउन सक्दैनन्। त्यस्ता परिवारको नगरपालिकाले विवरण तयार गरेपछि छाना फेर्ने कार्य शुरु गरिने छ,’ प्रतिनिधि सभाका सांसद नरबहादुर धामीले भने, ‘छाना फेर्न आवश्यक भएका परिवारको विवरण तयार गर्नका लागि स्थानिय तहलाई भनिसकेका छौं। केही दिनभित्रै छाना फेर्ने कार्य हुन्छ।’

धामीका अनुसार कृष्णपुर नगरपालिकामा ३१३, वेदकोट नगरपालिकामा २७१ र शुक्लाफाँटा नगरपालिकामा २७७ परिवारको खरको छाना विस्थापित गरी जस्ता पाता राखिने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.