काठमाडौं : बर्दियाका कोरोना संक्रमित एक पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।
गुलरिया नगरपालिका–७ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। उनलाई मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
श्वासप्रश्वासमा समस्या रहेका उनलाई रेमडिसिविर तथा प्लाज्मा थेरापीलगायत उपचार विधि अपनाइएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। ती पुरुषको मृत्युसँगै कोरोना संक्रमणबाट बर्दियामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।