|
फाइल फोटो

 काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

आज १ बजेका लागि बोलाइएको सचिवालय बैठक अघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो। 

कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अध्यक्ष दाहालले ल्याएको प्रस्ताव र प्रधानमन्त्री ओलीले त्यसको प्रतिउत्तर मंसिर १७ गतेको बैठकमा फर्काएको जवाफ बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बस्‍न लागेको छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आ–आफ्नै अडान राखिरहेको कारणले नेकपाभित्रको विवाद समाधान सकेको छैन। गत २५ गतेबाट प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच एक भेटवार्ता हुन सकेको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.