|

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। आजको बैठकले ठोस निकास निकाली नसकेको भए पनि पार्टीका समस्या र जटिलताबारे भोलि २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा पेश गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीभित्रको विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय बढ्दै गएको राजनीतिक विवादबीच छलफल भएको छ। 

मंसिर १७ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि बैठक आजको लागि राखिएको थियो। प्रधानमन्त्री ओली आजको बैठकमा पनि सहभागी नहुने पक्षमा थिए। तर, सचिवालय बैठक बस्नुअघि अध्यक्ष दाहालसँग भेटवार्ता भएपछि बैठकमा गएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.